काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्काशनको कारवाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेका नेताहरुले नै लगातार संसद अवरोध गर्दै आएका हुन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका छन् । करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।