काठमाडौं – चारदिने नेपाल भ्रमणमा आएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फिर्ता हुने भएको छ ।

गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दै एमसीसी सहयोगबारे स्पष्ट हुन आग्रह गरेको थियो ।

सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिविहिन देखिएको छ ।