फाइल तस्वीर
काठमाडौं – गठबन्धनको बैठक आज शुक्रबार बिहान ९ बजे बस्दै छ । उक्त बैठकमा अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएलगदै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरुलाई निवासमा पुगेर भेट गर्दै आएकी छन् । एमसीसी परियोजनाको बारेमा देशमा विरोधको आवाजहरु उठ्न थालेसँगै एमसीसीका उच्च पदाधिकारीहरुले नेपाल आएर दलका शीर्ष नेतृत्वहरुलाई भेटेर कूटनीतिक रुपमा दवाव दिन सुरु गरेको आरोप छ ।


आज बस्ने गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने बारेमा पनि छलफल हुने बताइएको छ । सम्भवत एक दुई दिनमा सरकार विस्तार हुन सक्ने स्रोतको भनाइछ । बिहीबार पनि बालुवाटारमा गठबन्धन दलको बैठक बसेको थियो । हिजोको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ढिलो पुगेका थिए भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएनन् ।