काठमाडौं – अमेरिकाको इन्डो–प्यासिफिक रणनीति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल सरकारले पठाएको ६ पृष्ठ लामो पत्रको जवाफ दिएको छ । गत भदौ १८ गते अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र पठाएको थियो ।

उक्त पत्रमा एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक रणनीति अन्तर्गत हो या होइन, दुई देशबीच भएको सम्झौता नेपालको संविधान र कानूनभन्दा माथि रहने÷नरहने, एमसीसी कार्यान्वयन गर्दा नेपालमा अमेरिकी सुरक्षा प्रभाव पर्ने÷नपर्ने, परियोजनाको लेखापरीक्षण नेपालबाट हुने कि अमेरिकाले गर्ने लगायत महत्वपूर्ण ११ प्रश्न समेटिएको थियो । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनले सोही पत्रको जवाफ पठाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । यसबारे अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भइरहेको मन्त्रालय स्रोतले बताएको छ ।