काठमाडौं – प्रतिनिधिसभाको बैठक दोस्रो पटक पनि स्थगित भएको छ । पहिलो बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि बसेको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।