काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा उहाँले सदनमा अतिआवश्यक विधेयक विचाराधीन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

आजदेखि सुरु हुने सङ्घीय संसद्को बैठकअघि सदन सञ्चालन गर्ने विषयमा सो बैठक बसेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री देउवाले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनमा सहज बनाउन भूमिका निर्वाह गर्न सत्तागठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको छ ।