काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ५५ जनामा कोरोना परीक्षण गरिँदा १ हजार ६ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ५ सय ६८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

काठमाडौंमा ३ सय ४९, ललितपुरमा १ सय ५० र भक्तपुरमा ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।