काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहेको छ । आज हुने संसद बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो ।

बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने र संसदमा लैजाने एजेन्डालगायतका विषयमा पनि छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् विस्तार, अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा बैठकमा छलफल हुने भएको छ ।