काठमाडौं – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजदेखि संसदको अधिवेशन सुरु हुने भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

संसद अधिवेशन सुरु भएपछि सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बोलाइएको नेताहरूले जानकारी दिएका छन् । बैठक अहिले बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दै छ ।