काठमाडौं – सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदनको बैठक आज अपरान्ह ४ बजे बस्न लागेको छ । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा १९ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृतका लागि सदनमा पेस गर्नुहुनेछ भने सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेश गर्ने कार्यसूची रहको छ । यसैगरी अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेश गर्ने कार्यसूचि रहेको छ । यस्तो छ सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदनको बैठकमा सार्वजनिक गर्ने सम्भावित ३२ बुँदे कार्यसूची :