काठमाडौं – नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा आज बुधबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

आज अपराह्न ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रियसभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन एकीकृत समाजवादीको बैठक बस्न लागेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिनुभयो ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ ।