काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको दसौं अधिवेशन आजदेखि सुरु हुने भएको छ । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

आजबाट सुरुहुने सदनको अधिवेशमा पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई विस्थापन गर्ने विधेयकदेखि लामो नागरिकता विधेयक, तथा विचाराधीन निजामती विधेयक र विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सरकारले गत साउन ३२ गते सदनको नवौं अधिवेशनको अन्त्य गरेको थियो । अधिवेशन अन्त्य गरेसँगै सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेको थियो ।