धनगढी – नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले पदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो ।

विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै रहनुभएको थियो । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको थियो ।पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिनुभएको थियो ।

गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सोही क्रममा उहाँ आर्थिक मामिला मन्त्री बन्नुभएको थियो भने गहतराज राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।