पोखरा – एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताउनुभएको छ । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताउनुभयो ।

“दश बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो । २ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।“ नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भएपनि पार्टी एकता अहिले कायमै रहेको उहाँको दावी छ ।