काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई नेकपा एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । उहाँले पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

“मकहाँ आउँदा कोही भाइ त कोही छोरीवादमा कुद्ने, कामै गर्न नदिने,” आफू नेतृत्वको सरकारको स्मरण गर्दै ओलीले भन्नुभयो, “विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे । माधव नेपालको प्युसो । उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ !” उहाँले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल सुरु गरेको आरोप समेत लगाउनुभएको छ ।