काठमाडौं – कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि काठमाडौंका ८ वटा अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभएको हो । स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप दिन लागिएको हो ।

एस्ट्राजेनेका खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिन लागिएको हो । उहाँले विदेश जानेका लागि भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोप प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालबाट पहिलो र दोस्रो मात्रा दिइने बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार, राधा स्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने भएको छ ।