काठमाडौं – हिजो बसेको मन्त्रिपरिषद्को बैठकले १८ औँ निजामती सेवा दिवसका अवसरमा आज ४० कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । मन्त्रिपरिषद्को हिजोको निर्णयानुसार उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेलको नाम उल्लेख छ । यस्तै, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा रहेको छ ।

निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतको नाम छ । यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव ज्ञानराज सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कोशलचन्द्र सुवेदीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छ ।
विस्तृत सूची हेर्नुहोस् :