काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भने १ हजार ७ सय ४३ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कुल ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जनामा र ४ हजार ३ सय ७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको सङ्क्रमण सय ७९ पुगेको छ ।

यस्तैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणको उपचारका क्रममा २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १० हजार ८ सय ५८ जनाले ज्यान गुमाउँदा ७ लाख २८ हजार ९ सय २८ जना सङक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३० हजार ९ सय ७३ जना रहेका छन् । जसमध्ये २८ हजार ९ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाबाट सङ्क्रमित बिरामीमध्ये ५ सय १२ जना आईसीयू र १ सय ६३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै १० वर्ष मुनिका ३० बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४ सय १८, चितवनमा १ सय ५६, झापामा १ सय २५, कास्कीमा १ सय २४ र भक्तपुरमा १ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा ८७, मोरङमा ६८, सुनसरीमा ४८, रुपन्देहीमा ३३, नवलपरासी पुर्वमा ३२, मकवानपुरमा २९, काभ्रेपलाञ्चोकमा २८, कैलालीमा १९, धादिङमा १६, बागलुङमा १४, नुवाकोटमा १३, स्याङजा १२, बाँकेमा १२ जना, गुल्मीमा ११ र कञ्चनपुरमा १० जना कोरोना भाइरसका सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।