काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने सम्भावना प्रवल रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल आज गरेको कार्यक्रममा संसदीय दलका उपनेता नेम्वाङले सरकार बनेको दुई महिना बित्न लाग्न पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा सरकार ढल्ने आशङ्का रहेको बताउनुभएको हो ।

नेम्वाङले भन्नुभयो, ‘पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ ।’ उहाँले भन्नुभयो ‘सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अचम्मको अवस्था छ । यो अवस्थामा सरकार चलिरहेको छ ।’ उहाँले सरकारले विजनेस नदिँदा संसद्ले सिन्को भाँच्न पनि नपाएको बताउनुभएको छ ।