काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घको महामन्त्री नियुक्त गर्नुभएको छ । विभिन्न पार्टीबाट आएका नेताका नाममा सदस्य थपेको आरोप खेपिरहनुभएका देउवाले विजय गच्छदारका नाममा कपिलेश्वर यादवलाई महामन्त्री नियुक्त गर्नुभएको हो । महाधिवेशन सुरु भएर ४१ जिल्लाको प्रक्रिया जारी रहँदा देउवाले नेविसङ्घ महामन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “नेपाली काङ्ग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको भ्रातृ सङ्घ, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई आज नियुक्त गर्नुभएको छ ।”