काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमण परीक्षण गर्ने क्रममा ७ हजार ९ सय ७१ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुँदा सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा देशभर २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण १० हजार ८ सय ३८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३१ हजार २ सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।