काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको तात्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासमा तोकिएको थियो । सर्वोच्चले उक्त रिट हेर्न नभ्याएको जानकारी गराएको छ ।


सरकारले गत साउन २५ गते कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरी तात्कालिन कार्यकारी निर्देशक शाक्यलाई विशिष्ठ श्रेणीको विज्ञ सदस्यका रुपमा जल तथा उर्जा आयोगमा नियुक्त गरेको थियो ।


सरकारको उक्त निर्णयका विरुद्धमा शाक्यले सर्वोच्च अदालतमा रिटमा दायर गरेका थियो । उक्त रिटको सुनुवाइको क्रममामा भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिको सक्कल निर्णय झिकाउन आदेश भएको थियो ।