काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउने हुनुभएको छ । एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उहाँ नेपाल आउन लाग्नुभएको हो ।

नेपाल भ्रमणका क्रममा उहाँले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे योसँग जोडिएका पक्षहरूसँग भेटघाट र कुराकानी गर्ने कार्यतालिका रहेको जनाइएको छ । उहाँले एमसीसी हेडक्वाटरमा गरिबी निवारणका लागि लक्षित परियोजनाको सुपरीवेक्षण समेत गर्ने योजना रहेको छ । भ्रमणका क्रममा फतिमाले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।