फाइल तस्वीर
काठमाडौं— कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण लामो समयदेखि रोकिंदै आएको सवारी चालक अनुमति पत्र लिने ट्रायल भोली आइतवार २० गतेदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले सबै मातहतका कार्यालयहरुलाई पत्रमार्फत् निर्देशन दिएको हो ।
भोली भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न मुलुकभरका यातायात कार्यालयलाई निर्देशन दिइसकेको विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको लिखित र ट्रायल परीक्षा सकेपछि अरु नयाँ आवेदन खुलाउने भएको छ ।


विभागका अनुसार मुलुकभरी अहिले सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिनेहरूको सङ्ख्या ६ लाख रहेकोे छ । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागले बताएको छ । लिखित र ट्रायल परीक्षाका लागि सवारी चालक अनुमतिपत्र लिन चाहनेहरुले अनलाइनमार्फत् आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइने विभागले जनाएको छ ।