फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कार्तिक २७ देखि ३० गते चार दिनसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको नयाँ नेतृत्व, पार्टी नीति तथा कार्यक्रम तय गर्नका महाधिवेशन गर्न लागिएको हो । राप्रपाका वरिष्ठ नेता राजाराम श्रेष्ठले जनाए अनुसार पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको छ । पार्टीको आगामी नयाँ नेतृत्व र नीतिका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने छ ।

अहिलेसम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकोमा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागु गर्न लागिएको नेता श्रेष्ठले बताउनु भएको छ । काठमाडौं जिल्लाको नयाँ कार्यसमितिका लागि अधिवेशन आजदेखि सुरु भएको छ । आज र भोली गरी दुई दिनसम्म हुने उक्त अधिवेशनमा आज उमेदवारले मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचनबाट कार्यसमिति छनोट गर्ने कार्यक्रम रहेको छ ।

राप्रपाले अहिलेसम्म २२ वटा जिल्लामा अधिवेशन सम्पन्न गरिएको छ । अधिवेशन भएका जिल्लाबाट स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्न सुझाव आएको नेताहरुले बताएका छन् । पार्टीको आगामी नयाँ नेतृत्वका लागि अहिलेका तीन वटै अध्यक्षहरु लालायित देखिएका छन् । तर, तर तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनी सहमति गरेर आफुले पार्टीको नेतृत्व गर्ने केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा बनाउनु भएको थियो । त्यसो त अर्का अध्यक्ष कमल थापा पनि अध्यक्षका आकाङ्क्षी हुनुहुुन्छ । अर्का अध्यक्ष पशुपति शमसेर राणाले नयाँ नेतृत्वको लागि डा. प्रकाशचन्द्र लोहोनीलाई साथ दिन सक्ने अवस्था छ ।