फाइल तस्वीर

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली बिरामी हुनु भएको छ । अध्यक्ष ओलीलाई ज्वरो आएकोले उहाँ घरमै स्वास्थ्य लाभ गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ । पछिल्लो समय अध्यक्ष ओली पार्टीको काम, भेटघाटमा बढी व्यस्त हुनुभएको थियो ।


अध्यक्ष ओली बिरामी भएपछि आज शनिबारका लागि राखिएका औपचारिक र भेटघाटका कार्यक्रमहरु स्थगन गरिएको सचिवालयले जनाएको छ । आज नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेलाको कार्यक्रमलाई अध्यक्ष ओली र उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम थियो । अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि उहाँ आजको निर्धारित कार्यक्रममा सहभागी नहुने सचिवालयले जानकारी गराएको छ ।