काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गर्नुभएको छ । तत्काल सर्वोच्चको परमादेशले आफूहरु सरकारबाट हट्नु परेता पनि जनादेशको माध्यामबाट पुनःआफ्नो पार्टी सरकारमा फर्किने दावी प्रवक्ता ज्ञवालीले गर्नुभएको हो ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आज शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र सङ्घीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अबको १५÷१६ महिनापछि हुने प्रदेश र सङ्घको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरी फर्कने छौं, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरी फर्कनेछौं र फेरी देशलाई ‘समृद्ध नेपाल सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौँ ।’

प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धी आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको घोर भ्रत्र्सना गर्नुभएको छ ।