काठमाडौं –पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ७ सय ७३ पीसीआर तथा ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्क्रमण देखिएको हो ।

आज २ हजार २ सय ७४ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ९ जना पुगेको छ । हाल देशभर ३३ हजार ६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।