काठमाडौं – काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘एमसीसी खारेज राष्ट्रिय अभियानका संयोजक निर्ग जैसी (नवीन)ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । एमसीसीको विरोधमा प्रदर्शनमा पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुङ्गाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।