काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोकसेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।