काठमाडौं – कुशल प्रशासकको छवि बनाउन सफल रहनुभएका पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । मधुमेह, मुटु र मिर्गौला रोगबाट पीडित रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । २०३४ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मीले कुशल प्रशासकको छवि बनाउनुभएको थियो ।

वरिष्ठता मिचेर मुख्यसचिव हुन रोकिएपछि २०५९ सालमा उहाँले राजीनामा दिनुभएको थियो । रेग्मीका दुई छोरा अमेरिकामा रहेकाले उनीहरू आएपछि मात्रै उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।