काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६ सय १९ जना र एन्टीजेन विधिबाट ३ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९ सय १४ जना र एन्टीजेन विधिबाट ८४ हजार २ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

नेपालमा हाल ३३ हजार ९ सय ४६ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६ सय १९ जना होम आइसोलेसनमा, २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा, ५ सय ४४ जना सघन उपचार कक्षमा र १ सय ६६ जना भेन्टिलेटरमा उपचाररत छन् भने ३ सय २ जना क्वारेन्टिनमा रहेकोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ४६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ । सोहि अवधिमा थप १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ७ सय ८६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।