काठमाडौं – नेपालमा हिजोसम्म एक करोड ९२ हजार १ सय ६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३ सय २८ रहेको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार ८ सय ३६ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको १५ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाइसकेको छ । मन्त्रालयका अनुसार १७ दशमलव ९ प्रतिशतले पहिलो डोज लगाइसकेको छ । नेपालमा कोरोनाविदरुद्धको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७ सय ६३ हो । जुन नेपालको कुल जनसंख्याको ७१ दशमलव ६ प्रतिशत हो ।

सरकारले खोप लगाउने अभियान जारी रहेको जनाएको छ । चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने सरकारको दाबी छ ।