फाइल तस्वीर

काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सार्वजनिक गरेको छ । बैठकले स्वीस सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाका लागि दिने करिब एक अर्ब ९३ करोड सहयोग स्वीकृत गर्नेदेखि चीनसँगको सीमा समस्या अध्ययन गर्नेलगायतका निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गरेका मन्त्रिपरिषदका १४ निर्णयहरु यी हुन्ः

१. स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १४ दशमलब ७ मिलियन अर्थात् करिब एक अर्ब ९३ करोड स्वीकार गर्ने ।
२. मेवा र नलगार्ड सवस्टेसनमा पररेका दुईजना व्यक्तिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने ।
३. माओवादी सेनाका घाइते, अपांग लडाकुहरू, सशस्त्र द्वन्द्व ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनका घाइते, अपांग हरूका लागि पुनर्स्थापना तथा हेरचाह दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने ।
४. आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशत वृद्धि भएको सामाजिक सुरक्षा भत्ता, मासिक भत्ता कायम गर्ने ।
५. नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणिका उपसचिवहरू कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने ।
६. युवा तथा साना व्यवसायी कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई कास्कीलाई नियुक्त गर्ने ।
७. खोटाङ जिल्लास्थित मुढे ब्यारेकमा तैनाथ श्री गोरखा गणका लागि आवश्यक पर्ने स्थानीय व्यक्तिहरूको करिब २४ रोपनी जग्गा मुआब्जा दिनेगरी अधिग्रहणका लागि स्वीकृति दिने ।
८. कोभिडविरुद्धको खोप क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने ।
९. नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा मोरङका डाक्टर विक्रान्त ढकाललाई नियुक्ति गर्ने ।
१०. राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने ।
११. धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ बमोजिम बोर्डका अध्यक्षका विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षता वित्र सदस्य प्राध्यापक नारायणप्रसाद पौडेल र कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ समिति गठन गर्ने ।
१२. हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको मिमि लाप्तादेखि हिल्सासम्म उठेको सीमा समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृहमन्त्रायका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र सीमा विज्ञ रहेको समिति गठन गर्ने ।
१३. माउन्ट किट २ आरोहण गर्ने दोलखाका दावा तेन्जिङ शेर्पासमेतको नेपाली पर्वतारोहीहरूलाई प्रोत्साहन स्वरूप प्रतिव्यक्ति एक लाखका दरले रकम उपलब्ध गराउने ।
१४. ढल्केबर लोहारपट्टी १३२ केभी प्रशारण लाइनको टावर निर्माणका लागि आवश्यक जग्गाप्राप्तिका लागि स्वीकृति दिने ।