धनुषा – जनता समाजवादी पार्टी (जसपा)का ११ सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् ।

हालसम्म जसपाका १४ सांसद लोसपामा खुलेका हुन् । त्यसमध्ये लोसपामा सनाखत गर्ने सांसदहरुमा प्रमेश्वर साह, बबिता हुमारी, सरिता साह, निलमदेवी भूमिहारिन, जैलुन राइन, रमेश प्रसाद कुर्मी, उपेन्द्र महतो, बाबुलाल साह रहेका छन् ।