काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ४८ जनामा र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षण गर्दा ४ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७० पुगेको छ । आज ३ हजार ३० जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हाल देशभर ३४ हजार १ सय ८९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।