काठमाडौं – नेकपा एमाले छाडेका प्रदेश १ का १० जना प्रदेशसभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्न पुगेका छन् । उनीहरु सनाखत गर्न विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा जाँदै छन् । प्रदेशसभाका १० जनामध्ये ८ जना निर्वाचन आयोग पुगिसकेको र २ जना बाटोमा जाँदै गरेको बताइएको छ ।

राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, पदमकुमारी गुरुङ र सुनिताकुमारी चौधरी विराटनगरस्थित निर्वाचन आयोग पुगिसकेका छन् ।

प्रदेशसभाका यी १० जना सांसद्ले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्ने भएका छन् । ९३ सदस्यीय प्रदेशसभामा अहिले ९२ जना सांसद रहेका छन् ।