काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । आज बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।