काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न खनाल निवास डल्लु पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आज बिहान डल्लुस्थित खनाल निवासमा पुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

भारतको नयाँदिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरि स्वदेश फर्केको दुई दि पछाडि आज बुधबार माओवादी अध्यक्ष प्रचण्डले खनाल निवास पुगेर खनालको पूर्णस्वास्थ्य लाभको कामना गर्नुभएकोे प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ । प्रेस संयोजक विष्णु सापकोटाका अनुसार, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’