काठमाडौं – राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धी–सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ । समितिको हिजो बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ऐतिहासिक सन्धि–सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो ।
संसदीय समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको चुच्चे नक्सा समेत अभिलेखालयमा अद्यावधिक गरेर राखिनुपर्ने बताउनुभएको छ । सभापति बिडारीले भन्नुभयो– ‘अभिलेखालयमा नेपालको सन्धी–सम्झौता छ कि छैन, अहिलेसम्म भएका सन्धी–सम्झौताको लिष्ट हुनुप¥यो । चुच्चे नक्सा हाम्रो अभिलेखालयमा त हुनुप¥यो नि । नेपालमा अन्त कहीं नभए पनि त्यहाँ हुनुप¥यो । राजनीतिक नक्सा, भौगोलिक नक्सा हुनुप¥यो । अपडेट गरिराख्न समितिको तर्फबाट आग्रह छ ।’
संसदीय समितिका सभापति बिडारीले नारायणहिटी सङ्ग्रहालयमा आवश्यकताभन्दा बढी नेपाली सेनालाई राखिएको भन्दै अनावश्यक संख्यामा रहेका सेनालाई फिर्ता गर्नुपर्ने बताउनुभएको छ । त्यहाँ रहेका घोडा, तबेलालाई पनि हटाउनुपर्ने उहाँको भनाइ छ । ‘नारायणहिटीमा बसेको नेपाली सेना बढी भो । ठिक्क सेना सुरक्षाको निम्ति मात्र राखेर त्यसलाई सङ्ग्रहालय बनाउनुपर्छ । त्यहाँ घोडा, तबेला पनि राख्नुभएन । त्यहाँ आवश्यकताभन्दा बढी सैनिक पनि राख्नुभएन ।’ उहाँले अनावश्यक संख्यामा रहेका चिजबिजहरुलाई फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।