काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कुल पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६ सय ४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५ सय ५ जना पुगेका छन् । सङ्क्रमितमध्ये ७ लाख १६ हजार ३ सय ६ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७ सय ५० जना पुगेको हो । सोही अवधिमा १ हजार ७ सय ८६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

हाल देशभर ३५ हजार ५ सय ९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये १ सय ६४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने ५ सय ३७ जना आईसीयूमा उपचार गरिरहेका छन् ।