काठमाडौं – बागमती प्रदेशसभाका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । १ सय ९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद हँुदा गत भदौ २ गते तात्कालीन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । तर नेकपा एमाले दल विभाजन भएपछि आज बागमती प्रदेश सभामा नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेकोले मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको हो ।