काठमाडौं – बागमती प्रदेशसभाका १२ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडामा गई प्रदेशसभाका १२ सांसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

१२ सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालको सनाखत भएको छ । अरू सदस्यहरूको भने भोलि सनाखत गर्ने भएको बताइएको छ । निर्वाचन आयोगले दल रोज्नका लागि स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई यही भदौ २२ गतेसम्मको समय दिएको छ ।