काठमाडौं – सरकारले सामाजिक अभियान्ता समेत रहनुभएका डा.गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्यहरु रहनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि ३ भदौबाट बस्ने भनिएको डा. केसीको अनसन स्थगित भएको थियो ।