काठमाडौं – राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गरेका छन् । उनीहरूले एमसीसीको विरोध गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाउने तयारी पनि गरेका छन् ।

अभियानका संयोजक निर्ग नवीनले जारी गरेको विज्ञप्तिमा एमसीसी कार्यान्वयनका लागि खोलिएको एमसीए नेपाल पनि तत्काल विघटन गर्नुपर्ने कुरा उल्लेख छ । एमसीसी खारेज अभियानले पाँचबुँदे माग राख्दै आफ्ना माग १९ दिनभित्र पूरा गर्न चेतावनी समेत दिएको छ । जारी विज्ञप्तिमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन नहुँदै कार्यान्वयनका लागि संरचना खडा गरिएको भन्दै आपत्ति पनि जनाइएको छ ।