काठमाडौं –सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धन नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिएको छैन ।

शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबण्डा मिल्न सकेको छैन । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ । त्यसैले अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारीमा बैठक सकिएको छ ।