फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना विस्तार गर्न सकस भएको छ । गठबन्धन दलहरुबीच मन्त्रिपरिषद् बिस्तार गर्ने सम्बन्धमा पटक पटक छलफल भए पनि अहिलेसम्म सरकार विस्तार हुन सकेको छैन । सरकारले कछुवाको गतिमा चलेको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबण्डा गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।


अहिले हुने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल गरी सरकार विस्ताको अन्तिम टुङ्गो लाग्ने बताइएको छ । हिजो पनि गठबन्धन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । हिजोको बैठकले भोलि बुधबारसम्ममा सरकारलाई पूर्णता दिने निर्णय गरेको थियो ।