फाइल तस्वीर
काठमाडौं – नेकपा (एस) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल लामो उपचार पछि आज स्वदेश फर्कनु भएको छ । वरिष्ठ नेता खनाललाई लिन नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुभएको थियो । सोही क्रममा एसका अध्यक्ष नेपालले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा समाहित हुने उत्साह देखिएको दावी गर्नु भएको छ ।


त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले उक्त दावी गर्नु भएको हो । अढाई महिनाको उपचारपछि भारतबाट स्वदेश फर्कनु भएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुु भएका अध्यक्ष नेपालले निर्वाचन आयोगद्वारा भदौ २२ गतेसम्म एकीकृत समाजवादीमा समाहित हुन चाहने एमालेका नेता तथा सांसदहरुलाई समय दिएको हुँदा त्यतिबेलासम्म धेरै साथीहरु नेकपा (एस) समाहित हुनका लागि उत्साहित भएको बनाउनु भयो ।


अध्यक्ष नेपालले ‘निर्वाचन आयोगले २२ दिनसम्म नेकपा एकीकृत समाजवादीमा समाहित हुन समय दिएको छ । एकीकृत समाजवादीमा समाहित हुने उत्साह देखिएको छ, भन्दै ‘केपी शर्मा ओलीले पार्टीभित्र एकलौटी गर्ने कुराको विरुद्धमा रहेका सबै साथीहरू हामीसँग समाहित भइरहनुभएको छ’ भन्नु भएको छ । अध्यक्ष नेपालले ओलीको तिगडमलाई बेलैमा बुझेर धेरै साथीहरु आफ्नो पार्टीमा आउने जिकिर समेत गर्नु भयो ।