काठमाडौं– सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको आकस्मिक रुपमा स्थायी समिति बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्दन दलका शीर्ष नेताहरुको बैठक पछि अध्यक्ष ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाउनु भएको हो ।


माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार पेरिसडाँडामा अध्यक्ष ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाउनु भएको हो ।


अहिले पार्टी कार्यालयमा बसिरहेको स्थायी समितिको बैठकमा पार्टीको साङ्गठनिक विषयमा छलफल केन्द्रीत भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराउनु भएको हो । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह–इन्चार्ज तथा जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । यद्यपि, कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको भने छैन ।


अहिले बसेको स्थायी समितिको बैठकमा गठबन्धन दलहरुको बीचमा भएको छलफल र निर्णयकाबारेमा पछि स्थायी समितिलाई जानकारी गराइएको र सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा पनि छलफल हुनेछ । यद्यपि यस अघिको स्थायी समितिले बैठकले सरकारमा कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न अध्यक्ष प्रचण्डलाई नै जिम्मा दिएको थियो ।