काठमाडौं– भारतको नयाँदिल्लीमा उपचार गराइ रहुन भएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किदै हुनुहुन्छ । वरिष्ठ नेता खनाल बिरामी भएपछि उपचारका लागि गत अढाई महिना अघि भारतको नयाँदिल्ली जानुभएको थियो ।


मिर्गौला प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना हुनुभएका खनालको मिर्गौला प्रत्यारोपण सफल भई पूर्णरुपमा स्वास्थ्य लाभ गरेर आज दिउँसो ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रर्दै हुनुहुन्छ । एमाले विभाजन गरी बनेको एकीकृत समाजवादीको पक्षमा उभिनु भएका खनालले दिल्लीस्थित दूतावासबाटै बुधबार सखानत गर्नु भएको थियो । खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता हुनुहुन्छ ।